काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अराजनीतिक हत्कण्डा अपाउने कार्य सरकारले नगर्ने दाबी गरेका छन्।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक शक्तिहरुका बीचमा किन भत्किँदैन भनेर भत्काउँदा र किन चुडिदँन भनेर चुडाउँदा पनि सरकार शान्ति सुव्यवस्था कायम राख्न सफल रहेको दाबी गरे।
सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण नभएकाले आफू सदनमा आएको ओलीको भनाइ थियो।
नेपाललाई सुरुङमार्गमा प्रवेश गराउने, सडक र हवाई मार्ग देखि सञ्चारको क्षेत्रमा धेरै मोडलयुक्त काम भएको ओलीको भनाइ थियो। उनले घरमै बसेर माटोमा के छ भनेर हेर्न सकिने नक्सा बनाएको बताए।
नागरिक एप बनाएको भन्दै उनले सञ्चारमा पनि धेरै प्रगती गरेको बताए। डिजिटल नेपाल बनाउने काम भएको भन्दै फोर जी देशभर पुगेको दाबी ओली गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।