काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीले विश्वासको मत नपाउने बताएका छन्। सोमबार सिंहदरबारमा कांग्रेस-माओवादी केन्द्रबीचको छलफलपछि उनले विश्वासको मत पुग्ने कुरामा प्रधानमन्त्री ढुक्क रहेको भएपनि आफूहरू पनि नपुग्नेमा ढुक्क रहेको बताए।
प्रस्ताव फेल भएपछि संविधानको ७६ (२) अनुसारको प्रक्रिया आह्वान हुने उनले बताए। सो धारामा दुई वा दुई भन्दा बढी दलले बहुमत देखाएर प्रधानमन्त्रीमा दाबी गर्ने विषय उल्लेख छ।
‘प्रधानमन्त्री आफैंले राख्नुभएको प्रस्ताव फेल भयो भने प्रधानमन्त्री पदमुक्त हुनुहुन्छ। नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। नयाँ प्रधानमन्त्री नियुक्त गर्दाखेरी राष्ट्रपतिले धारा ७६ (२) बमोजिमको प्रक्रिया आह्वान गर्नुपर्छ। गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ’, उनले भने।
राष्ट्रपतिले आह्वान गरेपछि कुन-कुन दल मिलेर बहुमत पुर्याउँछन्, त्यसपछि अघि बढ्ने निर्ण भएको खाँडको भनाइ छ।
सिंहदरबारको छलफलमा कांग्रेसबाट शेरबहादुर देउवा र खाँण थिए। त्यस्तै, माओवादीबाट पुष्पकमल दाहाल 'प्रचण्ड' र वर्षमान पुनः सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।