काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमित सांसद्हरुलाई राख्न बनाइएको पालको अवलोकन गरेका छन्। संसद् भवन नयाँ बानेश्वर परिसरमै ती पालहरु बनाइएको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। कोरोना संक्रमित सांसद्हरुले पनि मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाइएको छ।
संक्रमित सांसद्हरुलाई मतदान प्रक्रिया प्रयोजनका लागि बेग्लै कोठाको व्यवस्था गरिएको छ। तर, त्यसअघि सांसद्हरुले पालमा आराम गर्न सक्नेछन्। त्यसका लागि पाल बनाइएको हो। त्यहाँ पिपिई लगाएका कर्मचारी पनि रहनेछन्।
सांसद्हरुलाई एम्बुलेन्सबाट संसद् भवनसम्म ल्याउने तयारी गरिएको छ।
सांसद्हरु अहिले संसद् भवन जाने क्रम चलिरहेको छ। उनीहको पीसीआर परीक्षणको नतिजा जाँचेर प्रवेश गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।