काठमाडाैं- नेकपा (एमाले)का नेता एवं अर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाल पक्षका नेताहरूसँग संवाद जारी राखेका छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा माधव पक्षका नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता पौडेलले वार्ता गरिरहेका छन्।
माधव पक्षको केहीबेर अघि सकिएको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको नदिन संसदमा अनुपस्थित हुने निर्णय गरेको थियो। त्यसपछि यी चार नेता छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।