काठमाडौं- टु-ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ दि इयर २०२१’ हात पारेको छ। ‘फ्युलइन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो।
यामाहा रेजेडआर १२५ एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो। यसले मात्र ७.५९ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको छ। साथै, यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच’ जस्ता एक्सक्ल्युसिभ फिचरहरू छन्। यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस६ इन्जिन रहेको छ।
रेजेडआर १२५ एफआईमा ‘वाई ’आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको कम्पनीले जनाएको छ।
‘भारत विश्वकै सबैभन्दा ठूलो टु-ह्विलर बजार हो। भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो अवार्डले भारतमा यो स्कुटरलाई भारतमा निकै रूचाइएको सन्देश पनि दिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।