काठमाडौं– चीनबाट ४ सय अक्सिजन सिलिन्डरसहित १ सय ७३ अक्सिजन कन्सन्ट्रेटर पनि आउने भएको छ।
होङसि होल्डिङ ग्रुपले २ सय थान अक्सिजन कन्सनटेटर सहयोग गर्ने भएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याउने भएको छ। होङसि होल्डिङ ग्रुपले नेपालमा होङसि शिवम् सिमेन्ट उद्योग सञ्चालन गर्दै सिमेन्ट उत्पादन गरिरहेको छ।
यस अघि ४ सय सिलिन्डर र २० थान भेन्टिलेटर आउने भनिए पनि अहिले संशोधन भइ ४ सय थान सिलिन्डर, १० थान भेन्टिलेटर र १ सय १७ थान अक्सिजन कन्सन्ट्रेटर आउने भएको छ।
यी सामान लिन नेपाल एयरलाएइन्सको वाइडबडी जहाजले सोमबार बेलुका ११ः३० मा बेइजिङ उडान गर्दै छ। जहाज मंगलबार दिउँसो काठमाडौं आइपुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।