काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरु सिंहदरबार आउने क्रम शुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समयसीमा सकिएसँगै नेता नेपाल पक्षका नेताहरु बैठक बस्न लागेका हुन्।
सिंहदरबारस्थित संसद सचिवालयमा बस्न लागेको बैठकमा सहभागी हुन नेता नेपाल, भीम रावल, झपट रावलसहितका नेताहरु उपस्थित भएका हुन्।
आफूहरुको मागका बारेमा ओलीले समय सीमाभित्र कुनै निर्णय नगरेको भन्दै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् त्यसअघि उनीहरु बैठक बस्न लागेका हुन्।
संसद सचिवालयको बैठक सकिएपछि सामूहिक राजीनामा दिने तयारी रहेको सांसद मेटमणि चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।