काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदाइ गर्नुपर्ने चार करण रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बोलाइएको छ। बैठक अघि अध्यक्ष भट्टराईले ओलीलाई आजै विदा गर्नुपर्ने ४ कारण सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
जसमा कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधान विपरित संसद बिघटन गरेको लगायतका कारण उल्लेख गरिएको छ।
डा भट्टराईले उल्लेख गरेका ४ कारण
कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेकोस
२.संविधान विपरित संसद बिघटन गरेर र २र३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको
३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको
४.खोपरऔषधि खरिदमा समेत भ्रष्टाचार गरेको!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।