काठमाडौं– गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि ३ दिनको समय दिएकी छन्।
मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ’, प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते (सोमबार) बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रिया शुरु हुने भएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन (आइतबार) नै पदबाट राजीनामा दिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।