फाइल तस्वीर।
काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको वार्तापछि एमालेको माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ।
सिंहदरबारस्थित् लेखा समितिको सभा हलमा छलफल चलिरहेको छ। छलफलमा १६ जना सांसद सहभागी छन्।
यसअघि नेता नेपालसँग ओली पक्षका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेलबीच सिंहदरबारमै वार्ता भएको थियो।
नेता नेपालले उनीहरुसँगको वार्ताका विषयमा आफूनिकटका सांसद एवं नेताहरूलाई ब्रिफिङ गर्नेछन्।
तीन नेताबीच वार्ता बिनानिष्कर्ष टुंगिएको थियो। वार्तालाई ‘निर्णायक’ भनिएपनि कुनै सहमति भने जुट्न सकेन।
छलफललाई निरन्तरता दिने र अब फेरि बसेर विवाद टुंगो लगाइने वार्तामा सहभागी एमाले संसदीय दलका नेता नेम्वाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।