काठमाडौं- एनसेल आजियटा लिमिटेडले कोभिड-१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न उपभोक्तामैत्री राहत अफर ल्याएको छ।
महामारीको समयमा आफ्ना ग्राहकहरूको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरूलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका राहत अफरहरू ल्याएको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत प्रत्येक रिचार्जमा बोनस डेटा, ३० दिने डेटा प्याकमा डबल डेटा, वर्क फ्रम होमका लागि सुलभ अफर, डिजिटल माध्यमबाट प्याक किन्दा आकर्षक बोनस तथा एनसेल सापटीमा विभिन्न सुविधा उपलब्ध गराइएको एनसेल आजियटाले जानकारी दिएको छ।
‘सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामा निर्वाध पहुँच झनै महत्त्वपूर्ण हुन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरू, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरूले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्दछ।’
यस्तो छ अफर प्याक:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।