• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कमिसनका कारण खोप आयातमा अवरोध हुनु आपराधिक कार्य : माधव नेपाल

64x64
नेपाल लाइभ आइतबार, वैशाख २६, २०७८  १६:०५
1140x725

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कमिसन नमिलेका कारण कोरोनाविरुद्धको खोप आयातमा अवरोध हुनु मानवताविरोधी र आपराधिक कार्य रहेको बताएका छन्। 

नेता नेपालले कमिसनकै कारण खोप खरिदमा कमिसन लिनखोज्ने पक्षलाई कारबाही गर्न पनि माग गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु,’ नेता नेपालले आइतबार एक अपिल जारी गर्दै भनेका छन्, ‘कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु।’

नेता नेपालले कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको चित्रण गरेको पनि बताएका छन्। ‘यसबाट जनमानसमा आक्रोश बढिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्न जोडदार माग गर्दछु,’ नेता नेपालले भनेका छन्। 

कोरोना (कोभिड१९) को बढ्दो संक्रमण रोकथामका लागि अपिल
१. कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो। सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न जोडदार माग गर्दछु। साथै कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु। कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु।
२. देशभरका अस्पतालहरुमा अक्सिजन र शैया अभावका कारण भयावह अवस्था सिर्जना भएको छ। कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गर्छ। यसबाट जनमानसमा आक्रोश बढिरहेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु। नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो।
३. कुन अस्पतालमा शैया खाली छ, कुनमा छैन भनेर थाह पाउन मुस्किलप्रायः छ। त्यसैले एकीकृत सूचना प्रणालीका लागि बेवसाइट र एप्स लगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोही अनुसार सेवा दिन माग गर्दछु। अहिले समाजसेवी लगायत धेरै निकाय तथा संघ–संस्थाहरुले स्वःस्फूर्तरुपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापन, राहतका कार्यक्रम आदि अगाडि बढाएको देखिन्छ। ती सबै सेवाहरुलाई एकीकृत रुपमा अघि बढाउन आह्वान गर्दछु।
४. कोरोनाको हाइ स्पटका रुपमा रहेका क्षेत्रहरुमा कडाइ गरिनुपर्दछ। Contract Tracing लाई बढाउँदै लग्नुपर्दछ। PCR, Swab Testing लगायत विज्ञहरुले सुझाएका पक्षहरुलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्दछ। संक्रामक रोगका विज्ञहरुलाई समेटेर संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गरिनुपर्छ।
५. अहिले अस्पतालहरुले धान्न नसक्ने गरी बिरामी बढेका छन्। अस्पताललाई आवश्यक सबैखाले श्रोत साधनहरुको पर्याप्त व्यवस्था गरिनुपर्दछ। ICU, भेन्टिलेटर लगायतका बेडहरु थप्ने कार्य हुनुपर्छ। यसका लागि रार्ष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थाहरुलाई आह्वान गर्नुपर्दछ। स्वास्थ्यकर्मीलाई PPE लगायतका अत्यावश्यक सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ।
६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आदि जो बिरामीहरुको उपचार कार्यमा संलग्न छन्, उनीहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्दछ। उनीहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता र बीमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गरिनुपर्दछ।
७. कोरोना नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारहरुलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टाइन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारीसाधन व्यवस्थापन लगायतका पक्ष व्यवस्थित रुपमा गरिनुपर्दछ।
८. धेरै जसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अतिविपन्न र सीमान्तकृत समुदायलाई दैनिक रुपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरु लक्षित राहत प्रबन्ध गर्न अनुरोध गर्दछु। केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए–गरेका सबै खर्च विवरणहरू पारदर्शी बनाउनुपर्दछ।
९. निषेधाज्ञाका समयमा जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरुलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु। नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मृगौला रोगी तथा क्यान्सरका रोगीहरुलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु।
१०. कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघ–संस्थाहरुको एकीकृत संरचना बनाएर प्रभावकारीरुपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन अपील गर्दछु।
११. सामाजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गर्दछु। अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्वपूर्ण भूमिका छ। स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाटै पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्ने छ।
१२. कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्ण व्यक्तिहरुप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। कोरोनाको कारणले बिरामी हुनु भएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरुको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पु¥याउन सरकार लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु।
१३. र अन्तमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु।
धन्यवाद।
मितिः २६ बैशाख २०७८

 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सर्‍यो
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक सर्‍यो संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो । बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।  ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको... बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी बुधबार, असार १०, २०८३
होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार सुरु बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्