काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कोभिड-१९ (कोरोना भाइरस) बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।
कोभिड-१९ का कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।
हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिनसक्ने चेम्बरले जनाएको छ। एम्बुलेन्स सेवा प्रयोगका लागि ०१५३३०९४७ वा ९८५१२१६०३९ मा सम्पर्क गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।