काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। बैठक संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बसेको हो।
बैठकका लागि तीन अजेन्डा तय गरिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। पहिलो, बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको सम्बन्धमा। दोस्रो, कोभिड १९ संक्रमित एवं पीसीआर परीक्षण नगरेका सदस्यहरुको उपस्थिति र मतदान लगायतको आवश्यक व्यवस्थापन सम्बन्धमा। तेस्रो, विविध।
प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।