काठमाडौं- हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६७ करोड रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ५३.८९ प्रतिशतले बढेको जानकारी दिएको छ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद मुनाफा ६७ करोड २७ लाख रूपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो नाफा ४३ करोड ७१ लाख रूपैयाँ थियो। त्यसअनुसार गत वर्षभन्दा ५३.८९ प्रतिशत नाफा बढेको कम्पनीले जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको चैत महिनासम्मको प्रगति विवरणमा कूल तीन तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको देखिन्छ। यो कारोबार गत वर्षको सोही अवधिको तुलनामा नौ प्रतिशतले हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।