काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आमन्त्रणमा बूढानीकलण्ठ पुगेका जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय पार्टीले औपचारिक रुपमा गरिनसकेको बताएका छन्।
देउवा निवासमा आइतबार पुगेका नेताद्वयले उपेन्द्र यादव, बाबुराम भट्टराई लगायत नेताले गर्दै आएको दाबी पार्टीको नभइ व्यक्तिगत भएको उनीहरुले प्रस्ट पारेका थिए। पार्टीको आज बस्ने बैठकले पक्ष वा विपक्षको निर्णय लिने विषय नेताद्वयले देउवालाई सुनाएका थिए।
बैठकमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने सम्भावना भने कम रहेको देउवालाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।