एजेन्सी– बलिउड अभिनेता वरुण धवन, सिद्धार्थ मल्होत्रा र अभिनेत्री अलिया भट्ट पुन: एकसाथ देखिने भएका छन्। 'स्टुडेन्ट अफ द इयर'बाट डेब्यू गरेका यी ३ कलाकार यसैको दोस्रो भागमा पुनः दोहोरिन लागेका हुन्।
उनीहरु फिल्मको एउटा गीतमा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गीतको भिडियोको निर्देशन करण जौहरले गर्नेछन्।
पुनहिल मल्होत्राको निर्देशनमा निर्माण भइरहेको 'स्टुडेन्ट अफ द इयर २' मा टाइगर श्राफ, अनन्या पाण्डे र तारा सुतारियाको मुख्य अभिनय छ।
फिल्म नोभेम्बर २३ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।