काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ।
विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। अविश्वास प्रस्तावमा ४० जना सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसको प्रस्ताव र जसपाको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ।
वैशाख ६ मा विपक्षी दलले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त अविश्वास प्रस्तावले सदनमा छलफल तथा मतदानमा प्रवेश नपाएको तथ्य देखाउँदै नयाँ प्रस्ताव दर्ता गरिएको हो।
आइतबार साढे ११ बजे दर्ता गरिएको अविश्वासको प्रस्तावमा गठवन्धनका तर्फबाट ४० जनाले हस्ताक्षर गरेका छन्।
अविश्वासको प्रस्तावकहरुले नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १९, जसपाका २ र राजमोको १ जना प्रदेशसभा सदस्यहरु गरि ४१ जना प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्या ६९ को बहुमत रहेको दाबी गरेका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।