काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने तय भएको छ।
प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। सोही सन्दर्भमा छलफलका लागि बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकाले मतदान प्रक्रियामा कोरोना संक्रमित सांसद्हरुलाई कसरी सहभागी बनाउने भन्ने बारेमा बैठकले निष्कर्ष निकाल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।