काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते बोलाइएको प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिनको १ बजे बैठक बस्नेगरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छन्।
हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ।
कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको छ। 'परिपक्व समय' बनेमा अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेर राखिएको कांग्रेस नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।