काठमाडौं– मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न गण्डकी प्रदेश सभा (प्रदेश संसद)को बैठक बोलाइएको छ।
अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख २७ गतेका लागि प्रदेश सभाको बैठक बोलाइएको हो।
प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले वैशाख २७ गते सोमबार विहान ११ बजे बैठक बोलाउने निर्णय गरेको हो।
यसअघि अविश्वास प्रस्तावका विषयमा छलफल गर्न बैठक बोलाए पनि राष्ट्रिय जनमोर्चाका संसाद खिमविक्रम शाही 'बेपत्ता' भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
जनमोर्चाका अरु सांसदहरुले आफ्ना सांसदको खोजी गर्नुपर्ने तथा सम्पर्कमा आए मात्रै बैठक शुचारु गर्नुपर्ने भन्दै निवेदन दिएपछि नेत्रनाथ अधिकारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।
सम्पर्कविहिन भएका संसाद पछि कोरोना संक्रमण भएको भन्दै पोखराको चरक अस्पतालमा भर्ना भएको अवस्थामा भेटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।