काठमाडौं– अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएसँगै वैदेशिक रोजगार सम्बन्धी श्रम स्वीकृतीका काम अनिश्चित कालका स्थगित गरिएको छ।
अन्तर्राष्ट्रिय उडान बन्द रहेसम्मका लागि शुक्रबारदेखि श्रम स्वीकृतीका काम अनिश्चित कालका स्थगित गरिएको गरिएकाे हाे।
वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभागका अनुसार अन्तिम श्रम स्विकृती, नयाँ श्रम स्विकृती, भौतिकरुपमा उपस्थित भएर लिनुपर्ने पुन श्रम स्वीकृतीका कामहरु स्थगित गरिएको छ।
अनलाइनबाट पुन श्रम स्विकृती लिने काम भने जारी राखिएको विभागले जनाएकाे छ। यस्तै, सेवाग्राही उपस्थित हुनुनपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यवस्था मिलाइएको जनाएको छ।
बिहीबार रातीदेखि लागु हुने गरि अन्तर्राष्ट्रिय उडानहरु अनिश्चित कालका लागि बन्द हुँदैछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।