• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मजदुरको न्यूनतम पारिश्रमिक बढ्दा व्यवसायीलाई ‘छटपटी’

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २३, २०७८  १४:५७
1140x725

काठमाडौं- सरकारले साउन १ गतेबाट लागू हुने गरी मजदुरको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ। १३ हजार ४ सय ५० रूपैयाँबाट बढाएर सरकारले श्रमिकको तलब मासिक १५ हजार रूपैयाँ पुर्‍याउने निर्णय गरेको छ। तर, सरकारले पछिल्लोपटक बढाएको तलब बढी भएको भन्दै निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठनले विरोध गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मजदुरको पारिश्रमिक बढेको विषयमा विरोध गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन्। कोभिडको दोस्रो लहर शुरु भएर मुलुकको अधिकांश भागमा रहेका उद्यम व्यवसाय बन्द रहेको अवस्थामा सरकारबाट जारी  भएको सूचनाले अचम्मित बनाएको व्यवसायीहरूको तर्क छ।

निषेधाज्ञाको अवधि बढदै जाँदा यी व्यवसायी थप प्रभावित हुँदै जाने व्यवसायीहरूको भनाइ छ। यस्तो अवस्थमामा मजदुरको पारिश्रमिक बढाउँदा अधिकांश साना तथा मझौला व्यवसायी मर्कामा पर्ने उनीहरूको भनाइ छ।

आर्थिक बर्ष २०७८/७९ को साउनदेखि लागू हुनेगरि भएको पारिश्रमिक वृद्धिको निर्णय कोभिडको दोस्रो लहर लम्बिदै गएर उद्यम व्यवसाय संचालन गर्न सक्ने अवस्था नभएमा कार्यान्वयन गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ।

दोस्रो लहरको कहर लम्बिदै गएर अवस्था बिग्रिँदै गएमा तोकिएको पारिश्रमिक समेत पूरा उपलब्ध गराउन नसक्ने अवस्था आउन व्यवसायीको भनाइ छ।तर, मजदुरले कसरी जीविकोपार्जन गर्छ भन्ने विषयमा व्यवसायी मौन रहेका छन्।

उल्टो मजदुरको पारिश्रमिक वृद्धि गरिँदा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानीकर्तामाझ सकारात्मक सन्देश नजाने उनीहरूको तर्क छ। ‘अर्थतन्त्रलाई चलायमान बनाई रोजगारी बचाउने उपायमा विशेष जोड दिनु पर्दछ भन्ने हाम्रो आग्रह हो,’ तीन संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले श्रमिकको रोजगारीलाई बचाउने कुरामा जोड दिनु पर्दछ।’

पारिश्रमिक बढाउने निर्णयबाट कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित पर्यटन एवं आश्रित उद्योग र साना तथा मझौला उद्यमीलाई थप आहत पार्ने व्यवसायीको भनाइ छ। अहिले धेरै पर्यटन सम्वद्ध व्यवसायीले काम नभएको अवस्थामा कर्मचारीलाई आपसी सहमतिमा पारिश्रमिक दिइरहेका छन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेबाट लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाएको थियो। मन्त्रालयले श्रमिकको न्यूनतम तलब एक हजार ५५० रूपैयाँले बढाएको हो। मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै श्रमिकको तलब बढाउने निर्णय गरेको हो।

Ncell 2
Ncell 2

मन्त्रालयले यसअघिको १३ हजार ४५० रूपैयाँ रहेको मजदुरको न्यूनतम पारिश्रमिक एक हजार ५५० रूपैयाँले बढाएर १५ हजार रूपैयाँ बनाएको हो।यसअघि पूर्वश्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोर्कण विष्टले श्रमिकको तलब २०७५ असारमा बढाएका थिए।

प्रत्येक दुई/दुई वर्षमा तलब बढाउने व्यवस्था भएपनि गत वर्ष कोरोना महामारीका कारण तलब बढाइएको थिएन। यस वर्ष भने कोरोना महामारी जारी रहे पनि मन्त्रालयले श्रमिकको न्यूनतम तलब बढाउने निर्णय गरेको हो।

मन्त्रालयले दैनिक ज्यालादारीको दर पनि बढाएको छ। मन्त्रालयले ५१७ रूपैयाँबाट बढाएर दैनिक ज्यालादारीको दर ५७७ रूपैयाँ बनाएको छ। यसैगरी प्रतिघण्टाको मूल्य पनि ६९ रूपैयाँबाट बढाएर ७७ रूपैयाँ बनाइएको छ।

श्रम ऐन २०७४ अनुसार २०७७ सालमै श्रमिकको न्यूनतम पारिश्रमिक बढनु पर्ने हो। तर, सरकारले गत वर्ष कोरोना महामारीका कारण श्रमिकको तलब बढाएको थिएन।

यस्तो छ नयाँ तलबमान

अब प्रत्येक मजदुरले न्यूनतम १५ हजार रूपैयाँ तलब पाउने छन्। जसमा आधारभूत पारिश्रमिक ९ हजार ३८५ रूपैयाँ र महँगी भत्ता पाँच हजार ६१५ रूपैयाँ रहेको छ।

यसैगरी, दैनिक ज्यालादारीमा काम गर्नेले आधारभूत पारिश्रमिक ३६१ र महँगी भत्ता २१६ गरी कूल ५७७ रूपैयाँ पाउने छन्। साथै, प्रतिघण्टाको आधारभूत पारिश्रमिक ४८ रूपैयाँ र महँगी भत्ता २९ रूपैयाँ गरी कूल ७७ रूपैयाँ पाउने छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपै... बिहीबार, मंसिर २५, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन... बुधबार, मंसिर २४, २०८२
आज १८ दिनका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १८ दिनका लागि उक्त रकम झिक्न लागेको हो। बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान शुक्रबार, मंसिर २६, २०८२
प्रहरी निरीक्षक र सहायक निरीक्षकमा खुल्यो नयाँ भर्ना शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित) शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित) शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्