• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा उपनिर्वाचन : एमाले उम्मेदवारमाथि गठबन्धनका देवकोटाको पल्ला भारी

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २३, २०७८  १३:३२
1140x725

काठमाडौं- आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनका साझा उम्मेदवार खिमलाल देवकोटाले एमाले उम्मेदवारलाई पराजित गर्ने अंक गणितले देखाएको छ। देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादीका साझा उम्मेद्‌वारको रूपमा अघि सारिएको छ।

तत्कालीन माओवादी केन्द्रको तर्फबाट (बागमती प्रदेशबाट) निर्वाचित रामबहादुर थापा 'बादल' एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनी निर्वाचित क्षेत्र रिक्त छ। साेही क्षेत्रमा आउँदो ६ जेठमा उपनिर्वाचन तय भएको छ। 

एमालेका तर्फबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बादललाई नै उम्मेदवार बनाउने पार्टी बैठकमा घोषणा गरेका थिए। तर, बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उम्मेदवारको बारेमा आफूहरुले छिट्टै निर्णय गर्ने बताए। जसकारण एमालेको उम्मेदवार बादल नै हुने वा अर्को व्यक्ति भन्ने स्पष्ट हुन बाँकी रहेको देखिन्छ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, नेमकिपा र राप्रपा दर्ता भएका छन्।

राष्ट्रिय सभा निर्वाचनका मतदाता पहिल्यै कुनै निश्चित पार्टीबाट निर्वाचित भइसकेका हुनाले उनीहरुले दिने मत पनि सोही अनुसार हुने आकलन गरिन्छ। जसले देवकोटा निर्वाचित हुने सम्भावना बढी देखिन्छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य, नगरपालिकाका प्रमुख- उपप्रमुख र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष मतदाता हुन्छन्। बागमती प्रदेश सभामा ११० सदस्य छन्। त्यस्तै, यो प्रदेशका १३ जिल्लामा ११९ स्थानीय तह छन्। 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ। तसर्थ ११० जना प्रदेश सभा सदस्यको मतभार ५२८० हुन्छ। त्यस्तै, ११९ स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी कुल २३८ मतदाता हुन्छन्। उनीहरु प्रत्येकको मतभार १८ हुन्छ। त्यसैले २३८ जनाको मतभार ४२८४ हुन्छ। यसरी राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशको कुल मतभार ९५६४ हुन आउँछ। 

बागमती प्रदेशमा सत्तारुढ एमाले दुई कित्तामा विभाजित छ। त्यहाँ एमालेका कुल सांसद् ५७ जना भए पनि माधवकुमार नेपालको पक्षमा २२ जना छन्। प्रदेश सभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२ र जसपाको एक सांसद् छन्।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी र माधव नेपाल पक्षको कुल सांसद् ६८ जना हुन पुग्छन्। ६८ सांसद्को मतभार ३२६४ हुन्छ। ३ जना सांसद् रहेको विवेकशील साझाका सांसद्हरुले पनि यही गठबन्धनका उम्मेदवारको पक्षमा मत दिएमा प्रदेश सभाबाट यो पक्षको मतभार ३४०८ हुनपुग्छ।

जबकि, ओली पक्षका एमालेका सांसद् जम्मा ३५ जना छन्। अर्थात् मतभार १६८० छ। नेपकिपा र राप्रपाका ४ सांसद् सो पक्षमा थपिएमा मतभार १८७२ पुग्छ।

प्रदेश सभामा दुवै पक्षको मत आकलन गर्न सकिए पनि स्थानीय तहमा छुट्याउन भने कठिन छ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षमा एमालेका मात्रै १३३ जना जना छन्। तीमध्ये कति ओलीको पक्षमा छन् र कति नेपालको पक्षमा छन् भन्ने स्पष्ट छैन।

नेपाल पक्षकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले स्थानीय तहका प्रमुख/उपप्रमुख को कता भनी टुंगो नलागिसकेको बताइन्। उनले भनिन्, ‘ओलीले जनप्रतिनिधिलाई धम्क्याइरहेका छन्। को कतापट्टि छन्, छुट्टिसकेको छैन। ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई धम्क्याए पनि राष्ट्रिय सभाको उपनिर्वाचनमा हाम्रो उम्मेदवारले जित्नुहुन्छ।’

बागमती प्रदेशका स्थानीय तहमा आफ्नो पक्ष कमजोर नरहेको उनको दाबी छ।

बागमतीका स्थानीय तहमा कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ६८ जनाले जितेका थिए। माओवादीबाट प्रमुख र उपप्रमुख गरी ३३ जना जितेका छन्। जसपाका एक जना छन्। कांग्रेस, माओवादी र जसपाको मत एकै जनाको पक्षमा खस्ने भएकाले उनीहरुको संख्या १०२ हुन्छ। उनीहरुको मात्रै मतभार १८३६ हुन आउँछ।

यसरी, प्रदेश सभाबाट कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपा मात्रै मतभार ३२६४ र स्थानीय तहबाट १८३६ हुने देखिन्छ। उनीहरुको पक्षमा कुल मतभार ५१०० हुन आउँछ।

कुल मतभार ९५६४ रहेको बागमती प्रदेशमा त्यो मत ५३ प्रतिशतभन्दा बढी हो। माधव नेपाल पक्षका स्थानीय तहका प्रमुख-उपप्रमुखले पनि यही गठबन्धनलाई मत दिए भएपछि मतान्तर बढी हुन्छ नै, विवेकशील साझा पनि थपियो भने झन् मतान्तर बढी बढी हुन आउँछ।

सम्बन्धित समाचार :

राष्ट्रिय सभामा जित सुनिश्चित गर्न छलफल गर्ने एमाले निर्णय, उम्मेद्‌वारबारे छिट्टै निर्णय गरिने

राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक बस्दै साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज बुधबार, वैशाख १६, २०८३
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने बुधबार, वैशाख १६, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्