काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले राखेको बेलामा अहिले नेताहरूले बोल्ने क्रम जारी छ। नेता खड्काको ब्रिफिङपछि अहिले नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ।
भेलामा पूर्वसभापति शेरबहादुर देउवानिकट निवर्तमान केन्द्रीय सदस्य, प्रदेशका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ सङ्गठनका प्रमुखहरू सहभागी छन्।
बैठकमा सर्वोच्च अदालतले निर्णय मान्ने भनेपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए।
उनले भने, ‘हामीले सर्वोच्च अदालतको निर्णय मान्छौँ। तर बृहत् एकता गरेर महाधिवेशन महाधिवेशन गर्नुपर्छ। सम्पूर्ण साथीहरूलाई एकै ठाउँमा राखेर छलफल गरिरहेका छौँ। हामी कांग्रेसलाई कमजोर बनाउने होइन, एकताबद्ध बनाउनेमा पहल गर्नुपर्छ।’
उनले पार्टीलाई एकताबद्ध बनाउने पहलको सुरुवात सभापति गगन थापाले नै गर्नुपर्छ भन्ने आशयका कुरा उठेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।