काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री निकट व्यवसायीहरुले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनाएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले महामारीको कहालिलाग्दो समयमा जनतामाथि धोका भएको उल्लेख गरेका छन्।
‘कमिसन नमिलेकै कारण प्रधानमन्त्री कपी ओली निकट व्यवसायीहरु विजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकको भन्ने खबरले लज्जित बनाएको छ’ उनले लेखेका छन्,‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठूलो धोका?’
उनले पहिलो चरणको महारमारीका समयमा ठूलो आर्थिक चलखेल गरि प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको उल्लेख गर्दै प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीले जनस्वास्थ्यमा गरेको अपराध र बेइमानी क्षम्य हुन नसम्ने बताएका छन्। उनले यसको जिम्मेवारी प्रधानन्त्रीले लिनुपर्ने नेता कोइरालाको भनाइ छ।
‘देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठूलो अपराध र बेइमानी कदापी क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमनत्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्’नेता कोइरालाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।