• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीलाई १३ मतको चिन्ता, देउवा र प्रचण्डलाई ८ मतको

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २३, २०७८  २२:२४
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तरता पाउने वा संयुक्त सरकार बन्ने अहिले नै टुंगो लागिसकेको छैन। तर, प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि नेताहरुबीच सत्ता समीकरणका विषयमा गृहकार्य भने तीव्र बनेको छ। 

ओलीले आफ्नो नेतृत्वको सरकार जोगाउन अन्य दलका नेताहरुलाई भेटेर फकाउन थालिसकेका छन्। रोचक त के भने ओलीले बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई उनकै निवासमा दलबलसहित भेटेर विश्वासको मत दिन आग्रह गरे।

उता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु संयुक्त सरकार बनाउने कसरतमा जुटेका छन्। यद्यपि, यसले पनि अन्तिम रुप पाइसकेको छैन। 

बुधबार देउवालाई भेट्न प्रधानमन्त्री ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहितका नेताहरु बूढानीलकण्ठ पुगेका थिए। ओलीले आफूइतर बन्ने संयुक्त सरकारको नेतृत्वका लागि अग्रसरता नलिन र आफूलाई विश्वासको मत दिन देउवालाई आग्रह गरेपनि परिणाम उनले सोचेजस्तो भएन।

वरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक कोइरालालगायतका शीर्ष नेतासहित ओलीसँगको भेटमा बसेका देउवाले जवाफ दिए- तपाईंलाई विश्वासको मत दिन सकिन्न।

प्रतिनिधि सभामा कांग्रेसका ६३ जना सांसद (२ निलम्बित) छन्। उनीहरुले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। कांग्रेस सांसदहरुले आफूलाई मत नदिने निश्चित भएपनि ओली 'केही खेल्न सकिने' आशासहित बूढानीलकण्ठ छिरेका थिए।  

देउवा-प्रचण्डलाई ८ मतको चिन्ता
ओलीविरुद्ध बन्ने संयुक्त सरकारको नेतृत्व लिन देउवालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले निरन्तर आग्रह गरिरहेका छन्। देउवाले सरकार बन्न अंकगणित नपुग्ने भन्दै 'आँट' गरेका छैनन्। कांग्रेसमा ६३ जना सांसदमध्ये २ जना निलम्बित अवस्थामा छन्। मत दिन मिल्ने जम्मा ६१ जना सांसद मात्रै छन्।

छक्कबहादुर लामासहित माओवादीका  ५४ जना सांसद हुन्। माओवादीका ४ सांसद एमालेमा प्रवेश गरेपछि माओवादीसँग सभामुखसहित ५० सांसद छन्। सभामुख अग्नि सापकोटाले मत दिन नपाउने भएपछि ऊसँग ४९ जना मात्रै सांसद हुन्छन्।

Ncell 2
Ncell 2

कांग्रेस, माओवादी, जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष जोड्दा देउवालाई प्रधानमन्त्री हुनका लागि ८ सांसद अपुग हुन्छ। त्यसमध्ये एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले सहयोग गर्ने संकेत देखाएको छ। अरु ७ सांसद उपेन्द्रले आफ्नो पक्षबाट पुर्‍याउने आश्वासन भने दिएका छन्। अहिले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न १३६ सांसद आवश्यक पर्छ। अहिले कांग्रेस र माओवादीका मात्र प्रतिनिधि सभामा १०९ सदस्य छन्। जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनका लागि १८ जना सांसदको हस्ताक्षर नै गरिसकेकाले त्योसमेत जोड्दा १२७ हुन्छ।

बुधबार बिहान यादव निवास हात्तीवनमा प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा आफ्नोतर्फबाट २५ सांसद पुर्‍याउने यादवले बताएको स्रोतले दाबी गरेको छ। ‘मैले आफ्नो तर्फबाट २५ जना सांसद पुर्‍याइदिन्छु, संयुक्त सरकार बनाउन लाग्नुस्’, भेटमा यादवले भने, ‘सबैभन्दा पहिला सरकारको नेतृत्व गर्ने देउवाजीलाई प्रेसर दिनुस्। सरकार बनाउन कुनै समस्या हुँदैन। आवश्यक सांसद जसपाबाट मिलाउन सकिन्छ।’ संयुक्त सरकारको नेतृत्व लिन देउवाले नै अग्रसरता नदेखाएको विषयमा यादवले आक्रोश पोखेका एक नेताले बताए।  

ओलीलाई तत्काल १३ सांसदको चिन्ता 
एमालेमा १२१ सांसद छन्। त्यसमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने बताइसकेका छन्। यसो हुँदा ओलीलाई थप १३ मत आवश्यक हुन्छ। त्यो मत ओलीले जसपाबाट पुर्ति हुने अपेक्षा गरेका छन्। त्यसैले ओली जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूलाई आफ्नो कित्तामा तान्ने प्रयासमा निरन्तर लागिरहेका छन्। 

यसअघि मन्त्रिपरिषद् बैठकबाट मधेश आन्दोलनमा मुद्दा लागेका १ सय १० जनाको मुद्दा फिर्ता लिएर जसपालाई आफ्नो पक्षमा पार्न ओलीले वातावरण बनाएका छन्। जसपाका अन्य मुद्दा सरकार जोगिए पुरा गर्ने भन्दै महन्थ–राजेन्द्रलाई फकाइरहेका छन्। ओलीले जसपाको माग सम्बोधन गर्न भन्दै कार्यदल नै बनाएका छन्। महन्थ-राजेन्द्र पक्षले पनि कार्यदल बनाएको छ। त्यसपछि नै जसपाको विवाद झन् बढेको थियो। बाबुराम-उपेन्द्र पक्षले ओलीको विकल्प खोज्नपुर्ने अडान राख्दै आएका थिए। उनीहरूले जसपाको कार्यदललाई नचिन्ने समेत बताएका थिए। 

जसपाका ३४ जना सांसद (२ जना निलिम्बित) मध्ये १८ जना बाबुराम–उपेन्द्र पक्षमा खुलिसकेका छन्। अरु जसपाका १४ सांसदको साथ पाएमा ओली सरकार जोगिने अवस्था हुन्छ। 

तर, ओलीलाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले मत नदिने घोषणा गरेकाले थप समस्यामा पर्ने देखिएको छ। एमालेका १२१ जनामध्ये ३५ जना नेपाल पक्षका छन्। जसमध्ये ३० जनालाई ओलीले स्पष्टीकरण सोधेर चिढ्याइसकेका छन्। नेपाल पक्षका सांसदहरुले पार्टीलाई २ जेठ २०७५ मा नफर्काए सामूहिक राजीनामा दिने चेतावनी दिइसकेका छन्। अर्को विकल्पका रुपमा ओलीलाई जसपाका जति सांसदले मत दिए सरकार जोगिन्छ नेपाल पक्षका त्यति नै सांसदले त्यसअघि नै राजीनामा दिने तयारी गरेका छन्।

‘ओली सरकार कुनै हालतमा रहनु हुँदैन। यदि रह्यो भने पार्टी र देशका लागि दुर्भाग्य हुन्छ’, नेपाल पक्षका एक सांसदले भने, ‘त्यसो हुँदा जसपाका जति जना सांसदले सहयोग गर्छन् त्यति नै सांसदहरू हामी आत्मदाह गर्न तयारी अवस्थामा छौं।’

नेपाल पक्षका सांसदले एकपछि अर्को गर्दै चुनौती दिएकाले ओलीलाई आफ्नै पार्टीबाट असहयोग हुने देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएनए अमेरिकाले भन्यो– मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ
सम्बन्धित सामग्री
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित भएको कांग्रेसको विवाद मिलाउन बिहीबार पनि... शुक्रबार, पुस २५, २०८२
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । शुक्रबार, पुस २५, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
एनआरएनए अमेरिकाले भन्यो– मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन शुक्रबार, पुस २५, २०८२
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्