काठमाडौँ– विपिन किरणको शब्द तथा रगुन रगुङ र मेलिना राईको स्वरमा नयाँ गीत‘आफ्नोपन’ सार्वजनिक भएको छ।
नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको गीतको भिडियोमा नवीनराज शिवभक्ति र सविता अधिकारीले मुख्य अभिनय गरेका छन्। भिडियोको निर्देशन नवीनराज शिवभक्तिले नै गरेका हुन्।
गायकसमेत रहेका नवीनराजले म्यूजिक भिडियोको निर्देशन गरेका छन्।
रोशन कार्कीको सिनेम्याटोग्राफीको उक्त भिडियोलाई प्रेम बलामपाकीले एडिट गरेका हुन्। गितको रेकर्डिङमा राजेश र साजनको भूमिका छ भने मिक्सिङमा किशोर थापाले काम गरेका छन्। ए वान ङ्गयूजिसियन स्टुडियोले गीत बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।