काठमाडाैं- कलाकार तथा निर्देशक दीपकप्रसाद आचार्यलाई काेराेना संक्रमण भएकाे छ।
बुधबार सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै उनले आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएका हुन्।
‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो। क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ, ’ उनले लेखेका छन्।
उनले हाल आफू होम आइसोलेसनमा रहेकाे र आफ्नाे रेखदेख श्रीमतीले गरिरहेकाे बताएका छन्।
कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।