काठमाडौं– नायक पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउन जुटेका छन्।
अक्सिजन अभावका कारण कोरोना संक्रमितले समस्या व्यहोरिरहेको बेला पलले हाम्रो टिम नेपालसँग मिलेल अक्सिजन सिलिण्डर उपलब्ध गराइरहेका हुन्।
यसैबीच पलको टोलीले भक्तपुर अस्पतालमा कोभिड–१९ का बिरामीलाई अक्सिजन अभावमा उपचार समस्या भएपछि हाम्रो नेपाल टीमले २३ ओटा ठूलो अक्सिजन सिलिन्डर निःशुल्क प्रदान गरेको जनाएका छन्।
आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनै पनि निम्न बर्गका नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर निः शुल्क अक्सिजन सेवाका लागि आफूहरु लागिपरेको पलले बताए।
पल र उनको समूहले पैसा संकलन गरेर खाली सिलिण्डर किनेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।