काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्रीमा पुनः नियुक्ति पाएर शपथग्रहण गरेपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री पोखरेलले मंगलबार ३ जना मन्त्री थपेका छन्।
मुख्यमन्त्री पोखरेलले मंगलबार आफ्नो पार्टी नेकपा एमालेका तर्फबाट ३ जना मन्त्री नियुक्त गरेका हुन्।
पोखरेलले चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।
पोखरेलले यसअघि नै बैजनाथ चौधरी (थारु)लाई आर्थिक मामिला तथा योजनामन्त्री, हरिप्रसाद रिजाललाई ग्रामीण तथा सहरी विकास, सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास, विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरणमन्त्री तथा सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेका थिए।
मंगलबार थप ३ जना मन्त्री नियुक्त गरिएसँगै पोखरेल नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय बनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।