वैशाख- स्मार्ट उपकरण ब्राण्ड ओपो लगातार दोस्रो वर्ष उत्कृष्ट १० प्याटेन्ट कोअपरेसन ट्रिटीमा पर्न सफल भएको छ।
वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)का अनुसार सन् २०२० का लागि ओपो उत्कृष्ट १० मा परेको हो। यसअघि सन् २०१९ मा पनि ओपोले सो स्थान हासिल गरेको थियो।
सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको जानकारी दिएको छ। विश्वभर २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधीनमा रहेको कम्पनीको भनाइ छ। तीमध्ये ८९ प्रतिशत प्याटेन्ट एप्लिकेसन्स वा ५४ हजार युटिलिटी प्याटेन्ट्स रहेका छन्। यीनले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ।
‘विश्व आईपी दिवस, आममानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो। बृहत् आईपी पोर्टफोलियोका साथ विकासको द्रूत गतिमा रहेको प्राविधिक कम्पनीका रूपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ,’ ओपोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भनेका छन्, ‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताहरूका लागि हाम्रा उत्कृष्ट नवप्रवर्तनहरू निरन्तररूपमा पस्किनेछौँ।’
कम्पनीले फाइभजी, फ्ल्यास चार्ज, एआई तथा इमेजलगायत क्षेत्रमा औद्योगिक रूपमा अग्रणी विशेषज्ञता पनि हासिल गरिसकेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।