काठमाडौं– गण्डकी प्रदेश सभा सञ्चालनका लागि छलफल गर्न बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ।
वैशाख १५ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक सञ्चालनका सन्भर्दमा छलफल गर्न मंगलबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो।
बैठकमा नेकपा एमालेले तत्काल बैठक बोलाउन नहुने अडान लिएपछि बैठकमा कुनै सहमति जुट्न नसकेको नेपाली कांग्रेसका सांसद मणि भद्र शर्माले जानकारी दिए।
‘सभामुख (नेत्रनाथ अधिकारी)सहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै पाँच दलको बैठक बसेको थियो। संसदको अर्को बैठकका विषयमा कुरा मिलने,’ कांग्रेस सांसद शर्माले भने, ‘एमालेले संसद बैठक टार्न खोजेको छ।’
सांसद शर्माले प्रदेश सभाको बैठक बोलाउने विषयमा कार्य व्यवस्था समितिको बैठकमा थप छलफल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।