काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउन सरकारको कार्यशैली घोर आपत्तिजनक रहेको बताएका छन्।
संसदको बजेट अधिवेशन बोलाउन ढिला भइसकेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउन खोज्नु आपत्तिजनक भएको देउवाको भनाइ छ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेसले घोर भर्त्सना गर्ने पनि देउवाले बताएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश जारी गरेको विषयमा विज्ञप्ती जारी गर्दै देउवाले भनेका छन्– 'संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।