काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो वैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले थप एक साता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपाल लाइभलाई बताए।
काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो। एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते, बुधबार सकिँदै थियो।
प्रमुख जिल्ला अधिकारीहरूको बैठकले दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय पनि अब बिहान ७ देखि ९ बजेसम्मलाई सीमित गरेको छ। यसअघि बेलुका २ घण्टा पनि पसल खोल्न दिने गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।