काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ। कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कोरोना भाइरसको महामारीमा पनि सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्।
कम्पनीमा १११.४७ अर्ब रूपैयाँ लगानी, जीवन बीमाकोष १०१ अर्ब २८ करोड रूपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
कम्पनीको चुक्ता पूँजी ७.१९ अर्ब रूपैयाँ भन्दा माथि र १ अर्बभन्दा बढी बजार पूँजीकरण रहेको बताइएको छ। कम्पनीले आंशिक अवधि भुक्तानी ११.९८ अर्ब रूपैयाँ, पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा मृत्युदाबी ३.७३ अर्ब रूपैयाँ भन्दा ढबी भुक्तानी गरिसकेको दाबी गरेको छ।
कम्पनीले २ सय शाखा तथा उपशाखाहरूमार्फत् जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ। हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति कम्पनीबाट बीमित भएका कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।