काठमाडौं– पेय पदार्थ ब्रान्ड कोकाकोलाले कोरोना महामारी नियन्त्रणमा सघाउ पुर्याउन २ करोड ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कोभिड–१९ महामारी रोकथामको समर्थनमा विश्वव्यापी रूपमा ‘स्टप द स्प्रेड’ कोष सिर्जना गरिएको कम्पनीले जनाएको छ।
सहयोग रकममार्फत नेपालमा खोप अभियानसँगै समुदायलाई पीपीई, मास्क, ग्लोभ, स्यानिटाइजरलगायत सुरक्षा सामग्री प्रदान गरिने बताइएको छ।
खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ ।
यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, स्यानिटाइज) प्रदान गरेर महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।