• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीलाई पार्टीकै मत मिल्न गाह्रो– ‘पर्ख र हेर’को रणनीतिमा नेपाल समूह

64x64
नेपाल लाइभ सोमबार, वैशाख २०, २०७८  २२:५३
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पर्ख र हेरको अवस्थामा पुगेको छ। ओलीले वैशाख २७ गते दिउँसो १ बजे विश्वासको मत लिने भएपछि एमालेको माधव नेपाल पक्ष भने उनको रणनीतिलाई हेरेर मात्रै अगाडि बढ्ने तयारीमा पुगेको हो।

संसदको वर्षे अधिवेसन बोलाउने समय भइसक्दा पनि प्रधानमन्त्रीले विश्वासको मत लिन मात्रै 'विशेष अधिवेशन' बोलाएको भन्दै नेपाल पक्षका नेताहरुले आशंका व्यक्त गरेका छन्। संसदबाट बजेट ल्याउँदा अवरोध हुने स्थिति देखेपछि स्वास्थ्य संकटकाल लगाएर बजेट पारित गर्ने योजना हुन सक्ने एमालेको झलनाथ खनाल तथा माधव कुमार नेपाल पक्षका नेताहरुको आकलन छ।

संसदमा विश्वासको मत पाउने सम्भावना न्यून देख्दा देख्दै प्रधानमन्त्री ओलीले संसद अधिवेसन बोलाउनु अर्थपूर्ण भएकाले सामान्य रुपमा लिन नहुने नेताहरुले बताएका छन्। 

अहिले प्रतिनिधि सभामा २७५ सदस्यमध्ये माओवादीका चार सांसद् पदमुक्त भएकाले २७१ जना मात्रै छन्।  कांग्रेस र जसपाका गरी ४ सांसद निलम्बित भएकाले मत दिन पाउँदैनन्। अब प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा बहुमत सिद्ध गर्न १३६ सांसदको मत पाउनुपर्ने हुन्छ।

ओली नेतृत्वको एमालेका १२१ सांसद छन्। १२१ सांसदमध्ये ३५ जना नेपाल–खनाल पक्षका छन्। ३५ मध्ये नेपाल पक्षका २७ सांसदलाई ‌ओली स्पष्टीकरण सोधेर 'आक्रोशित' बनाइसकेका छन्।

यसअघि कर्णाली प्रदेशमा नेपाल पक्षका २ सांसदले फ्लोर क्रस गरेर ओली पक्षका नेता यमलाल कँडेलको मुख्यमन्त्री हुने योजना तुहाइदिएका थिए। प्रतिनिधि सभामा पनि त्यो स्थिति दोहोरिन सक्ने धेरैको आकलन छ।

ओलीको आफ्नै पार्टी एमालेमा अहिलेसम्म करिव ८६ जना सांसद् मात्रै उनको पक्षमा खुलेका छन्। कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुमध्ये १०९ जना मतदान दिन पाउने भएपनि उनीहरुले ओलीको विपक्षमा मतदान गर्ने निश्चितजस्तै छ। ३४ सांसद रहेको जसपाका २ जना निलम्बनमा रहेकाले ३२ जनाले मतदान गर्न पाउँछन्। तर, जसपाबाट पनि ओलीले एकमुस्ट मत पाउने सम्भावना निकै कम छ। 

जसपा बाबुराम भट्टराई र उपेन्द्र यादव तथा पक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको नेतृत्वमा स्पष्ट २ समूहमा विभाजित छ। बाबुराम–उपेन्द्र समूहले ओलीलाई कुनै हालतमा मतदान गर्न नसक्ने बताउँदै आएको छ। ओलीलाई मतदान गर्नुपरे पार्टी नै विभाजन गर्ने मनस्थितिमा बाबुराम–उपेन्द्र समूहका नेताहरु छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

वैशाख १४ गते बसेको बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठकमा १८ सांसदले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए।

अहिलेसम्म जसपाको ठाकुर–महतो पक्ष भने ओलीलाई समर्थन गर्ने मनस्थितिमा छ। ठाकुर–महतो पक्षमा १४ जना सांसद छन्। यसबाहेक प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १, राष्ट्रिय जनमोर्चाका १, राप्रपाका १ र स्वतन्त्र सांसद् १ जना छन्। त्यसमध्ये नेमकिपाले मात्रै ओलीलाई सघाउने देखिएको छ। 

अहिलेको अवस्थामा ओलीको पक्षमा प्रतिनिधि सभामा एमालेको उनकै समूहका ८६, जसपाको ठाकुर–महतो पक्षका १४ तथा नेमकिपाका १ जना सांसद देखिएका छन्। ती सबै गर्दा उनले १०१ मत पाउने सम्भावना देखिएको छ। एमालेभित्रको नेपाल पक्षका ३५ मध्ये सबैले मत दिएको अवस्थामा मात्रै उनले विश्वासको मत पाउँने अवस्था छ। 

तर, विश्वासको मत लिने विषयमा ओलीले पार्टीमा आफू इतरको समूहका नेता र सांसदसँग सल्लाह गरेका छैनन्। पार्टीकै सांसद समेत विरुद्धमा हुँदा ओलीले विश्वासको मत लिन खोज्नुलाई नेपाल पक्षका नेताहरुले भने आशंकाको रुपमा हेरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संसदको वर्षे अधिवेसन नबोलाएर विश्वासको मत लिन मात्रै संसद अधिवेसन बोलाएको विषयलाई नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे गम्भीर रुपमा लिनुपर्ने बताउँछन्। ‘राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक मात्रै बोलाएकी छन्। कुन उद्देश्यका लागि प्रधानमन्त्रीले संसद अधिवेसन बोलाउने निर्णय गर्नुभएको हो, त्यो स्पष्ट बुझ्न सकिएको छैन’, पाण्डेले भने, ‘वर्षे अधिवेसन नबोलाएर किन संसद अधिवेसन मात्रै बोलाए? यो बेला वर्षे अधिवेसन बोलाउनु पर्ने हो। एक दिन विश्वासको मत लिने त्यसपछि सभालाई अन्त्य गर्ने र कोरोना महामारीलाई देखाएर संकटकाल लगाउने र त्यहाँबाट बजेट ल्याउन खोजेको जस्तो लाग्यो।’ 

नेपाल पक्षकै अर्को स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले ओलीले बाहिर एउटा देखाएपनि भित्र अर्कै गर्ने 'खेलोफड्को' गरेको हुनसक्ने बताए। अहिले नै निर्णय गरेर जाने भन्दा उनको रणनीतिलाई मध्यनजर गर्दै अघि बढिने ज्ञवालीले बताए।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल
सम्बन्धित सामग्री
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल मितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई आमन्त्रण गरी उजुरीकर्तासँग छलफ... शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने आयोगले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्