काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। आइतबारको बैठकले आउँदो २७ वैशाखमा संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरिसकेकी छन्।
आइतकारकै बैठकमा प्रधानमन्त्री ओलीले २७ वैशाखमा आफूले विश्वासको मत लिने जानकारी गराएका थिए।
देशभर कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य संकटकाल लगाउने लगायतका विषय अहिले चर्चामा छन्। तर, सरकारले यस विषयमा केही निर्णय गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।