काठमाडौं– आजका लागि बोलाइएको नेपाली कांग्रसको पदाधिकारी बैठक स्थगित भएको छ।
सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बोलाएको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेपछि त्यस विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका थिए।
भोलिको बैठकमा पार्टी महाधिवेशन र पछिल्लो घटनाक्रमबारे छलफल हुने पाैडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।