काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठको नयाँ लुक्स सार्वजनिक भएको छ। जहाँ उनी एक मार्सल आर्ट खेलाडीका रुपमा देखिएकी छन्।
पुरुषहरुको जस्तो छोटो कपाल र त्यससँगै मिल्ने पोशाकमा उनी फिल्म ‘जाइरा’मा देखिन लागेकी हुन्। मार्सल आर्ट खेलडीको प्रतिनिधित्व गर्ने एक प्रमुख पात्रका रुपमा नम्रतालाई दर्शकले देख्न पाउनेछन्।
मंगलबार कलाकारको लुक्स सार्वजनिक गरिने कार्यक्रममा नम्रता यही भेष र फिल्ममा देखिने जस्तै हाउभाउमा देखिइन्। उनले फिल्मको अभिनयमा धेरै मिहिनेत गर्नुका साथै चोटपटक समेत खेप्नुपरेको बताइन्। उनले महिलाको सुन्दरता कपालमा भए पनि छोट्याउने क्रममा कानसम्म कैची पुग्दा मन चसक्क भएको अनुभूति सुनाइन्।
नम्रतासँगै फिल्मका अन्य कलाकार पनि आफ्नो भूमिका अनुसारकै लुक्समा उपस्थित थिए। फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ लगायतको प्रमुख भूमिका छ।
आशुतोषराज श्रेष्ठ निर्देशित 'जाइरा' आगामी मंसिर १४ मा प्रदर्शन हुुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।