काठमाडौं–कोभिड–१९ को महामारीबाट प्रभावित ग्राहकको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रम सञ्चालन गरेको छ।
यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ कार्यदिनभित्रै द्रुतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले बताएको छ।
दाबीकर्तालाई बीमा दाबीका लागि आवश्यक कागजात अनलाइनमै पेस गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दाबी भुक्तानी तीन कार्यदिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
द्रुतमार्गी दाबीका साथै कोभिड लक्षण भएका ग्राहकका लागि तीन वटा निदान केन्द्रसँग घरमै आई पीसीआर परीक्षण गरिने सुविधा कम्पनीले दिएको छ।
डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र तिनमा आश्रित परिवारजनको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीलाई आवश्यक औषधी सहयोग समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।