काठमाडौं– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति अहमदाबादमा सम्पन्न खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य दिल्लीले मात्र ३ विकेट गुमाएर १७ ओभर ४ बलमा पूरा गर्यो ।
दिल्लीका लागि शिखर धवनले अविजित रहँदै ६९ रन बनाएका थिए भने पृथ्वी शले ३९ तथा स्टिभ स्मिथले २५ रन बनाए।
पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १÷१ विकेट लिएका थिए ।
पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित ९९ रन बनाएका थिए भने डाविड मालनले २६ तथा क्रिस गेलले १३ रन बनाए। दिल्लीका लागि कागिसो राबडाले ३ विकेट लिए भए।
जितसँगै ८ खेलमा १२ अंकका साथ दिल्ली शीर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलको पन्जाब ६ अंक जोडेर छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।