काठमाडाैं- नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका जिल्लाहरुमा नजिकका शाखाहरु आलोपालो प्रणालीमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। 'नजिकै रहेका शाखाहरुको हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउने,' राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
साथै, केन्द्रीय कार्यालयमा २० प्रतिशत तथा शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर सेवा प्रदान गर्न निर्देशनमा भनिएको छ। कर्मचारीको अनावश्यक उपस्थिति रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी 'वर्क फ्रम होम' तथा 'रिमोट एक्सेस' बाट कार्य सम्पादनलाई जोड दिन राष्ट्र बैंकले भनेको छ। स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा कार्यान्वयन गर्नसमेत निर्देशन दिइएको छ।
यसअघि शुक्रबार साँझ बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बैंकहरुका एक चाैथाइ शाखा मात्र खोल्न दिने र ती शाखा एक चाैथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्न दिने निर्णय गरेको थियो। त्यसको समन्वय गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो।
सीसीएमसीको निर्णयअनु्सार राष्ट्र बैंक आज बैंक तथा वित्ती संस्थाहरुका लागि निर्देशन जारी गरेको हो।
यस्तो छ राष्ट्र बैंकको निर्देशन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।