दार्जिलिङ- नेपाली फिल्म ‘आप्पा’ निर्माता रुदेन सादा लेप्चाले भारतको पश्चिम बंगाल राज्यको विधान सभा चुनावमा जित हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवार बनेका उनले दार्जिलिङको लोकसभा सिट जितेका हुन्।
उनले कालिम्पोङ जिल्लाको प्रतिनिधित्व गरेका थिए।
उनी २२ औं नम्बरका उम्मेदवार हुन्। उनले निकटतम प्रतिस्पर्धीलार् ४ हजार मतको अन्तरले पराजित गरेका हुन्। उनीसँगै बीजेपीका शुभ प्रधानसहित अन्य ६ जना उम्मेदवार चुनाव लडेका थिए।
सन् २०१९ मा रिलिज भएको फिल्म ‘आप्पा’मा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको थियो।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मका निर्देशक अनमोल गुरुङ थिए।
लेप्चाले भारतको पश्चिम बंगालमा नेपाली फिल्मको विकासमा योगदान दिएका छन्। ‘आप्पा’लाई नेपाल र भारतमा एकसाथ रिलिज गरिएको थियो।
लेप्चाको जितसँगै कबड्डी फिल्म निर्माता मणीराम पोखरेल, निर्देशक अनमोल गुरुङ, अभिनेता दयाहाङ राई लगायतले बधाइ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।