काठमाडौं- मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रम सुरू गरेको छ। कोभिड-१९ को महामारीबाट प्रभावित ग्राहकहरूको सहयोगार्थ कम्पनीले यो कार्यक्रम सुरू गरेको हो।
जसअन्तर्गत कोभिड-१९ का कारण भएको मृत्यु दाबिमा तीन कार्यदिनभित्रै दू्रतमार्गी बिमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
‘यसअन्तर्गत दाबीकर्तालाई बिमा दाबीका लागि आवश्यक कागजातहरू अनलाइनबाटै पसश गर्न सक्ने सुविधा दिइएको छ। लाभार्थीले दाबी भुक्तानी तीन कार्यदिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले कोभिड लक्षण भएका ग्राहकहरूका लागि तीन वटा निदान केन्द्रहरूसँग घरमै आएर पीसीआर परीक्षण सेवा प्रदान गर्ने सुविधासमेत उक्त कार्यक्रममा समावेश गरेको छ। डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरूमा आश्रित परिवारको विशेष हेरचाह प्रबन्ध कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
‘१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल माध्यमबाट डाक्टरहरूको परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरूलाई आवश्यक औषधि सहयोग समावेश छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।