काठमाडाैं- निषेधाज्ञाकाबीच पनि नेपालको पुँजीबजार उच्च अंकको वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.०० अंकले बढेको छ।
आज बजार बन्द हुँदा नेप्से परिसूचक २६६५.११ विन्दुमा कायम भएको छ। आज कारोबार रकमसमेत सात अर्ब नाघेको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.७८ अंकले बढेर ४७७.८१ विन्दुमा कायम भएको छ।
आज कूल २२६ वटा कम्पनीका एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर ८३ हजार ४०४ पटक खरिद-बिक्री भई सात अर्ब ३६ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज विशाल बजार कम्पनी लिमिटेड र महिला लघुवित्त वित्ती संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै समान ९.९८ प्रतिशतका दरले कमाएका छन्। एभरेष्ट बैंक लिमिटेड (ईबीएलसीपी) का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १.९९ प्रतिशतका दरले गुमाएका छन्।
आज एनसीसी बैंक लिमिटेडको सबैभन्दा धेरै ४२ करोड दुई लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि सोही बैंक अगाडि रह्यो। आज उक्त बैंकका ११ लाख ४५ हजार ७५३ कित्ता सेयर किनबेच भएका थिए।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा बढी चार हजार १४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै समूहका परिसूचक उकालो लागेका छन्। जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ६३२.१८ अंकले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।