मुम्बई- भारत रत्न विजेता गायिका लता मंगेशकरले कोरोना संक्रमितकाे उपचारका लागि सात लाख भारु आर्थिक सहयोग गरेकी छिन्।
महाराष्ट्र सीएम केयर फन्डमा उनले साता लाख (भारु) सहयोग गरेकी हुन्।
शनिबार महाराष्ट्र डीजीआईपीआरले ट्विट गर्दैँ लताले सहयोग गरेको जानकारी दिएकाे हाे।
सहयोगको लागि लतालाई मुख्यमन्त्री उद्धव ठाकरेले धन्यवाद दिएका छन्।
साथै मुख्यमन्त्री ठाकरेले सीएम केयर फन्डमा सहयोग गर्न अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।