काठमाडौं- नेकपा (एमाले)की नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्रीले आफू माओवादी केन्द्रमा सक्रिय हुने बताएकी छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै खत्रीले आफू निर्वाचित दल नेकपा नरहेकाले माओवादी केन्द्रमै सक्रिय रहने बताएकी छन्।
सर्वोच्च अदालतको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश सभा दलको सदस्य भई क्रियाशील रहन इच्छुक रहेको पत्र उनले माओवादी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र समेत पठाएकी छन्।
केसीले लुम्बिनी प्रदेश सभा सचिवालयमा सोही अनुसार आफ्नो व्यक्तिग विवरण समेत बुझाइसकेकी छन्।




सम्बन्धित समाचार :
एमाले सांसद विमला खत्री ‘हराएपछि’ लुम्बिनीको सत्ता समीकरणमा नाटकीय मोड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।