• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'संसदीय विकृति'को विस्तार : काठमाडौंलाई समेत उछिन्दै प्रदेशहरु

64x64
किशोर दहाल शनिबार, वैशाख १८, २०७८  २१:४७
1140x725

काठमाडौं– मुलुकले अबलम्बन गरेको संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको तत्कालीन विद्रोही नेकपा माओवादीसमेत शान्तिप्रक्रियामा आएपछि संसदीय अभ्यासमै सामेल भयो। तर, माओवादीका लागिसमेत स्वीकार्य बनाउन संविधानसभाबाट जारी संविधानमा यसलाई 'सुधारिएको संसदीय व्यवस्था'का रुपमा व्याख्या गरियो।

चाहे पहिलेको संसदीय व्यवस्था होस् या अहिलेको सुधारिएको संसदीय अभ्यास, नेपालको सन्दर्भमा संसदीय व्यवस्थाको बदनाम हुन सम्भवतः कुनै कोण पनि बाँकी छैन। बहुदलीय प्रजातन्त्रको पुनर्बहालीसँगै २०४८ सालमा भएको आम निर्वाचनपछि व्यवस्थाभित्रको विकृति विस्तारै मौलाउँदै गएको थियो। २०५१ सालको मध्यावधि निर्वाचनपछि गठित त्रिशंकु संसद्‌मा भने विकृति उत्कर्षमै पुग्यो।

सांसद्हरुले खुल्लमखुल्ला बेचिनका लागि आफ्नो दर तोके। सांसद् र मन्त्रीहरुलाई फकाउनका लागि अनेक पाच्य/अपाच्य सुविधाको जोहो गरिए। मन्त्री पद खाँदै आफ्नै प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार विरुद्धका अविश्वास प्रस्तावमा सघाउने काम भए। कतिपय सांसदको काम नै आर्थिक लाभका निम्ति जुनसुकै प्रस्तावको पक्षमा उभिने भयो। सत्ताको लागि जोसुकैको टाङमुनि छिर्ने काम भए। पञ्चायत विरुद्ध वर्षौं संघर्ष गरेका नेताहरुले नै केही वर्षमै राजनीतिक नैतिकताका सबै बन्धन तोडे। यसैबीच, माओवादी ‘जनयुद्ध’ हुर्किरहेको थियो, संसद्का फोहोरी खेलमा मुख्य दलहरु मग्न भइरहे। त्यसको मूल्य पनि उनीहरुले चुकाए।

यसबीचमा जनताका प्रतिनिधिहरुबाट संविधान लेखियो। त्यसले देशको शासन प्रणालीमा केही फेरबदल ल्यायो। संघीय प्रणाली अवलम्बन गरेसँगै सात प्रदेशमा एक-एक वटाका दरले सातवटा प्रदेश सभा छन्।

जनताका आवाजलाई अझ नजिकैबाट सुनाउन, जनतालाई राज्य हुनुको आभाष अझ नजिकैबाट दिलाउन गठन गरिएका यी प्रदेशहरुका प्रदेश सभामा तिनै विकृतिहरु विस्तारित भइरहेका छन्, जुन विकृतिले जनतालाई ५० कै दशकमा दिक्क र निराश बनाएका थिए।

शासन व्यवस्था फेरिए पनि नेताहरुमा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान र व्यवस्थाको छिद्र खोज्ने प्रवृत्ति निरन्तर रह्यो। जसले गर्दा संघीय प्रणाली नै बदनाम हुने दिशातिर गइरहेको छ। ‘व्यवस्थामा विभिन्‍न प्रावधानहरु हुन्छन्। नराम्रो भए सुधारेर अरु परिपक्व बनाउने पात्रहरुको काम हो। तर हाम्रोमा ‘लुप होल’मा खेल्ने र व्यक्तिगत या गुटगत स्वार्थअनुरुप गतिविधि गर्ने प्रवृत्ति छ। जसले समग्रमा संसदीय व्यवस्था र संविधानप्रति नै वितृष्णा हुने अवस्था आउनसक्छ’, राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल भन्छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल प्रादेशिक राजनीतिमा भइरहेका परिघटनाले जनतामा राम्रो सन्देश सन्देश नजाने बताउँछन्। ‘यसले जनमानसमा एक प्रकारको सम्बन्धित पार्टीप्रति वितृष्णा हुन्छ नै। त्यसभन्दा पनि व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने खालको अवस्था भयो’, उनी भन्छन्।

हुन पनि ५० को दशकमा देखिएका कैयौं विकृतिहरु उस्तैगरी अहिले प्रदेश-प्रदेशमा दोहोरिइरहेका छन्। कतिपय भने ‘मौलिक विकृति’ विकास भएका छन्। केही घटनाहरुलाई दाँजेर हेरौँ:

nimb
nimb
Ncell 2
Ncell 2

० ० ०

२०५३ पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध ल्याइएको दोस्रो अविश्वासको प्रस्तावमाथि मतदान हुँदैथियो। त्यसैदिन संसद्‌मा नेपाल मजदूर किसान पार्टीबाट निर्वाचित स्वतन्त्र सांसद् भक्तबहादुर रोकाया अनुपस्थित रहे। उनको अपहरण गरिएको भन्दै अविश्वास प्रस्ताव पक्षधरहरुले नाराबाजी गरे। सोही दिन, राप्रपाबाट मन्त्री बनेका पाँच मन्त्री ‘उपचारका लागि’ थाइल्याण्ड पठाइएका थिए।

२०७८ वैशाख १५ गते गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो। एकजना मात्रै प्रदेश सभा सदस्य अनुपस्थित भएमा अविश्वासको प्रस्ताव फेल हुने र मुख्यमन्त्री गुरुङको पद लम्बिने सभाको समीकरण थियो। तर, प्रस्तावको पक्षमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद् खिमविक्रम शाही गायब भए। पछि नाटकीय रुपमा उनी ‘उपचारको लागि’ एउटा अस्पतालको आईसीयूमा रहेको सार्वजनिक भयो।

० ० ०

२०५० चैत ११ प्रतिनिधि सभाको बैठकमा खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विवाद भएपछि बैठक सञ्चालन गरेका उपसभामुख महन्थ ठाकुरले बैठक स्थगित गरे। तर, एमालेलगायतका विपक्षी दलका सांसदहरूले ठाकुरमाथि लछारपछार सुरु गरे। त्यस्तै, कुर्सी तोडफोड तथा मन्त्री तथा संसदका कर्मचारीमाथि मुक्कामुक्की गरिएको थियो। बहुदल कालभर केही समयको अन्तरालमा तोडफोड र मुक्कामुक्की चलिरहे।)

२०७७ असोज १६ गते प्रदेश सभाको बैठकमा तत्कालीन प्रदेश ५ को नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश भयो। त्यसका विरुद्ध सदन र सडकमा विरोध भयो। १९ गतेको दोस्रो बैठक सभामुखले औपचारिक रुपमा सुरु नगर्दै कांग्रेस सांसद्हरु रोस्ट्रमअघि आएर नाराबाजी सुरु गरे। नाराबाजीकै बीच सभामुखले प्रस्ततावमाथि छलफल गरियोस् भन्‍ने प्रस्ताव पेस गर्न समय दिएपछि भने कांग्रेसका प्रदेश सभा सदस्यहरुले तोडफोड सुरु गरे। उनीहरुले कुर्सी उचालेर टेबलमा बजारे। टेबल र कुर्सी पल्टाइदिए।

० ० ०

आफूमाथि अविश्वासको प्रस्ताव आउन थालेपछि र संसद्को निर्णायक शक्ति राप्रपाका सांसद्हरु दुई कित्तामा उभिन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा (२०५२-५३) ले मन्त्री थपेर सरकारलाई बलियो बनाउने प्रयास थाले। सोही अनुसार उनले पटकपटक मन्त्री थपेर ४८ सदस्यीय ‘ऐतिहासिक’ ठूलो मन्त्रिपरिषद् गठन गरे।

२०७८ वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अविश्वासको प्रस्वाव दर्ता भयो। तर, केही बेरमै प्रस्तावमा हस्ताक्षर गर्ने सहितलाई समेटेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गरे। आफू विरुद्धको अविश्वास प्रस्तावलाई असफल बनाउने अन्तिम प्रयासमा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विवादित पृष्ठभूमिका स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनांगे)लाई २०७८ वैशाख १६ मा मन्त्रालय फुटाएर मन्त्री बनाए। विश्वासको मत लिँदा आफूलाई ‘फ्लोर क्रस’ गरेर मत दिने एमाले प्रदेश सभा सदस्यलाई कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले २०७८ वैशाख ४ गते मन्त्री बनाए।

० ० ०

२०५२ जेठ २५ गते कांग्रेसको नेतृत्वमा ७० जना सांसद्ले विशेष अधिवेशनको माग गर्दै दरवारमा समावेदन गरे। भोलिपल्ट राजाले असार २ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरे। तर, प्र धानमन्त्री मनमोहनअधिकारीले प्रतिनिधि सभा विघटन गरिदिए।

२०७८ वैशाख १ मा गण्डकी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरेका थिए। भोलिपल्ट अविश्वास प्रस्ताव दर्ता गर्ने उनीहरुको तयारी थियो। तर, राति नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिए।

० ० ०

आफूमाथि ल्याइएको दोस्रो अविश्वासको प्रस्ताव फेल हुँदा सरकारको पक्षमा पनि बहुमत नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्तावमाथि २०५३ फागुन २३ गते मतदान भयो। तर, उनकै पार्टी नेपाली कांग्रेसका दुई सांसद्हरु चक्रबहादुर शाही र दीपकजंग शाह मतदानमा अनुपस्थित भए। १०३ मत आवश्यक भएकोमा प्रधानमन्त्रीको प्रस्तावमा १०१ मत मात्रै पर्‍यो। सरकार ढल्यो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको प्रस्तावमाथि कर्णाली प्रदेश सभामा २०७८ वैशाख ३ गते मतदान भयो। पर्याप्त मत नभएका कारण उनको सरकार ढल्ने निश्चित जस्तै थियो। तर, प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेका चार जना सदस्यले पार्टी ह्विप विपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीको पक्षमा मत दिए। सरकार जोगियो। यो घटना मुलुकको संसदीय अभ्यासमै नौलो घटना थियो।

० ० ०

२०५३ फागुन २७ गते प्रधानमन्त्री नियुक्त भएका लोकेन्द्रबहादुर चन्दले चैत ६ गते विश्वासको मत लिए। तर, ‘पञ्च प्रधानमन्त्री’लाई सघाउन एमालेको एउटा पंक्तिलाई असहज भएको थियो। त्यसैकारण, एमाले र राप्रपाका केही सांसद्हरुलाई समिट होटलमा थुनिएको थियो, अनेक सुविधा दिएर। एमालेका युवाहरुले बाहिरबाट पहरा दिएका थिए।

गण्डकी प्रदेशमा दर्ता गरिएको अविश्वास प्रस्तावमाथि २०७८ वैशाख १३ देखि छलफल सुरु भयो। सोही दिनदेखि नै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुलाई पोखराको ‘कुटी रिसोर्ट‘मा राखियो। उनीहरुले ‘एकै ठाउँमा बसेर छलफल गर्न सहज हुने’ बताए पनि ‘फ्लोर क्रस’ नहुने सुनिश्चितताको लागि सांसद्हरुलाई खुसी बनाउन त्यसरी राखिएको आकलन गर्न सकिन्छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्