• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'संसदीय विकृति'को विस्तार : काठमाडौंलाई समेत उछिन्दै प्रदेशहरु

64x64
किशोर दहाल शनिबार, वैशाख १८, २०७८  २१:४७
1140x725

काठमाडौं– मुलुकले अबलम्बन गरेको संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको तत्कालीन विद्रोही नेकपा माओवादीसमेत शान्तिप्रक्रियामा आएपछि संसदीय अभ्यासमै सामेल भयो। तर, माओवादीका लागिसमेत स्वीकार्य बनाउन संविधानसभाबाट जारी संविधानमा यसलाई 'सुधारिएको संसदीय व्यवस्था'का रुपमा व्याख्या गरियो।

चाहे पहिलेको संसदीय व्यवस्था होस् या अहिलेको सुधारिएको संसदीय अभ्यास, नेपालको सन्दर्भमा संसदीय व्यवस्थाको बदनाम हुन सम्भवतः कुनै कोण पनि बाँकी छैन। बहुदलीय प्रजातन्त्रको पुनर्बहालीसँगै २०४८ सालमा भएको आम निर्वाचनपछि व्यवस्थाभित्रको विकृति विस्तारै मौलाउँदै गएको थियो। २०५१ सालको मध्यावधि निर्वाचनपछि गठित त्रिशंकु संसद्‌मा भने विकृति उत्कर्षमै पुग्यो।

सांसद्हरुले खुल्लमखुल्ला बेचिनका लागि आफ्नो दर तोके। सांसद् र मन्त्रीहरुलाई फकाउनका लागि अनेक पाच्य/अपाच्य सुविधाको जोहो गरिए। मन्त्री पद खाँदै आफ्नै प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार विरुद्धका अविश्वास प्रस्तावमा सघाउने काम भए। कतिपय सांसदको काम नै आर्थिक लाभका निम्ति जुनसुकै प्रस्तावको पक्षमा उभिने भयो। सत्ताको लागि जोसुकैको टाङमुनि छिर्ने काम भए। पञ्चायत विरुद्ध वर्षौं संघर्ष गरेका नेताहरुले नै केही वर्षमै राजनीतिक नैतिकताका सबै बन्धन तोडे। यसैबीच, माओवादी ‘जनयुद्ध’ हुर्किरहेको थियो, संसद्का फोहोरी खेलमा मुख्य दलहरु मग्न भइरहे। त्यसको मूल्य पनि उनीहरुले चुकाए।

यसबीचमा जनताका प्रतिनिधिहरुबाट संविधान लेखियो। त्यसले देशको शासन प्रणालीमा केही फेरबदल ल्यायो। संघीय प्रणाली अवलम्बन गरेसँगै सात प्रदेशमा एक-एक वटाका दरले सातवटा प्रदेश सभा छन्।

जनताका आवाजलाई अझ नजिकैबाट सुनाउन, जनतालाई राज्य हुनुको आभाष अझ नजिकैबाट दिलाउन गठन गरिएका यी प्रदेशहरुका प्रदेश सभामा तिनै विकृतिहरु विस्तारित भइरहेका छन्, जुन विकृतिले जनतालाई ५० कै दशकमा दिक्क र निराश बनाएका थिए।

शासन व्यवस्था फेरिए पनि नेताहरुमा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान र व्यवस्थाको छिद्र खोज्ने प्रवृत्ति निरन्तर रह्यो। जसले गर्दा संघीय प्रणाली नै बदनाम हुने दिशातिर गइरहेको छ। ‘व्यवस्थामा विभिन्‍न प्रावधानहरु हुन्छन्। नराम्रो भए सुधारेर अरु परिपक्व बनाउने पात्रहरुको काम हो। तर हाम्रोमा ‘लुप होल’मा खेल्ने र व्यक्तिगत या गुटगत स्वार्थअनुरुप गतिविधि गर्ने प्रवृत्ति छ। जसले समग्रमा संसदीय व्यवस्था र संविधानप्रति नै वितृष्णा हुने अवस्था आउनसक्छ’, राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल भन्छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल प्रादेशिक राजनीतिमा भइरहेका परिघटनाले जनतामा राम्रो सन्देश सन्देश नजाने बताउँछन्। ‘यसले जनमानसमा एक प्रकारको सम्बन्धित पार्टीप्रति वितृष्णा हुन्छ नै। त्यसभन्दा पनि व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने खालको अवस्था भयो’, उनी भन्छन्।

हुन पनि ५० को दशकमा देखिएका कैयौं विकृतिहरु उस्तैगरी अहिले प्रदेश-प्रदेशमा दोहोरिइरहेका छन्। कतिपय भने ‘मौलिक विकृति’ विकास भएका छन्। केही घटनाहरुलाई दाँजेर हेरौँ:

Ncell 2
Ncell 2
nimb
nimb

० ० ०

२०५३ पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध ल्याइएको दोस्रो अविश्वासको प्रस्तावमाथि मतदान हुँदैथियो। त्यसैदिन संसद्‌मा नेपाल मजदूर किसान पार्टीबाट निर्वाचित स्वतन्त्र सांसद् भक्तबहादुर रोकाया अनुपस्थित रहे। उनको अपहरण गरिएको भन्दै अविश्वास प्रस्ताव पक्षधरहरुले नाराबाजी गरे। सोही दिन, राप्रपाबाट मन्त्री बनेका पाँच मन्त्री ‘उपचारका लागि’ थाइल्याण्ड पठाइएका थिए।

२०७८ वैशाख १५ गते गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो। एकजना मात्रै प्रदेश सभा सदस्य अनुपस्थित भएमा अविश्वासको प्रस्ताव फेल हुने र मुख्यमन्त्री गुरुङको पद लम्बिने सभाको समीकरण थियो। तर, प्रस्तावको पक्षमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद् खिमविक्रम शाही गायब भए। पछि नाटकीय रुपमा उनी ‘उपचारको लागि’ एउटा अस्पतालको आईसीयूमा रहेको सार्वजनिक भयो।

० ० ०

२०५० चैत ११ प्रतिनिधि सभाको बैठकमा खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विवाद भएपछि बैठक सञ्चालन गरेका उपसभामुख महन्थ ठाकुरले बैठक स्थगित गरे। तर, एमालेलगायतका विपक्षी दलका सांसदहरूले ठाकुरमाथि लछारपछार सुरु गरे। त्यस्तै, कुर्सी तोडफोड तथा मन्त्री तथा संसदका कर्मचारीमाथि मुक्कामुक्की गरिएको थियो। बहुदल कालभर केही समयको अन्तरालमा तोडफोड र मुक्कामुक्की चलिरहे।)

२०७७ असोज १६ गते प्रदेश सभाको बैठकमा तत्कालीन प्रदेश ५ को नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश भयो। त्यसका विरुद्ध सदन र सडकमा विरोध भयो। १९ गतेको दोस्रो बैठक सभामुखले औपचारिक रुपमा सुरु नगर्दै कांग्रेस सांसद्हरु रोस्ट्रमअघि आएर नाराबाजी सुरु गरे। नाराबाजीकै बीच सभामुखले प्रस्ततावमाथि छलफल गरियोस् भन्‍ने प्रस्ताव पेस गर्न समय दिएपछि भने कांग्रेसका प्रदेश सभा सदस्यहरुले तोडफोड सुरु गरे। उनीहरुले कुर्सी उचालेर टेबलमा बजारे। टेबल र कुर्सी पल्टाइदिए।

० ० ०

आफूमाथि अविश्वासको प्रस्ताव आउन थालेपछि र संसद्को निर्णायक शक्ति राप्रपाका सांसद्हरु दुई कित्तामा उभिन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा (२०५२-५३) ले मन्त्री थपेर सरकारलाई बलियो बनाउने प्रयास थाले। सोही अनुसार उनले पटकपटक मन्त्री थपेर ४८ सदस्यीय ‘ऐतिहासिक’ ठूलो मन्त्रिपरिषद् गठन गरे।

२०७८ वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अविश्वासको प्रस्वाव दर्ता भयो। तर, केही बेरमै प्रस्तावमा हस्ताक्षर गर्ने सहितलाई समेटेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गरे। आफू विरुद्धको अविश्वास प्रस्तावलाई असफल बनाउने अन्तिम प्रयासमा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विवादित पृष्ठभूमिका स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनांगे)लाई २०७८ वैशाख १६ मा मन्त्रालय फुटाएर मन्त्री बनाए। विश्वासको मत लिँदा आफूलाई ‘फ्लोर क्रस’ गरेर मत दिने एमाले प्रदेश सभा सदस्यलाई कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले २०७८ वैशाख ४ गते मन्त्री बनाए।

० ० ०

२०५२ जेठ २५ गते कांग्रेसको नेतृत्वमा ७० जना सांसद्ले विशेष अधिवेशनको माग गर्दै दरवारमा समावेदन गरे। भोलिपल्ट राजाले असार २ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरे। तर, प्र धानमन्त्री मनमोहनअधिकारीले प्रतिनिधि सभा विघटन गरिदिए।

२०७८ वैशाख १ मा गण्डकी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरेका थिए। भोलिपल्ट अविश्वास प्रस्ताव दर्ता गर्ने उनीहरुको तयारी थियो। तर, राति नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिए।

० ० ०

आफूमाथि ल्याइएको दोस्रो अविश्वासको प्रस्ताव फेल हुँदा सरकारको पक्षमा पनि बहुमत नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्तावमाथि २०५३ फागुन २३ गते मतदान भयो। तर, उनकै पार्टी नेपाली कांग्रेसका दुई सांसद्हरु चक्रबहादुर शाही र दीपकजंग शाह मतदानमा अनुपस्थित भए। १०३ मत आवश्यक भएकोमा प्रधानमन्त्रीको प्रस्तावमा १०१ मत मात्रै पर्‍यो। सरकार ढल्यो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको प्रस्तावमाथि कर्णाली प्रदेश सभामा २०७८ वैशाख ३ गते मतदान भयो। पर्याप्त मत नभएका कारण उनको सरकार ढल्ने निश्चित जस्तै थियो। तर, प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेका चार जना सदस्यले पार्टी ह्विप विपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीको पक्षमा मत दिए। सरकार जोगियो। यो घटना मुलुकको संसदीय अभ्यासमै नौलो घटना थियो।

० ० ०

२०५३ फागुन २७ गते प्रधानमन्त्री नियुक्त भएका लोकेन्द्रबहादुर चन्दले चैत ६ गते विश्वासको मत लिए। तर, ‘पञ्च प्रधानमन्त्री’लाई सघाउन एमालेको एउटा पंक्तिलाई असहज भएको थियो। त्यसैकारण, एमाले र राप्रपाका केही सांसद्हरुलाई समिट होटलमा थुनिएको थियो, अनेक सुविधा दिएर। एमालेका युवाहरुले बाहिरबाट पहरा दिएका थिए।

गण्डकी प्रदेशमा दर्ता गरिएको अविश्वास प्रस्तावमाथि २०७८ वैशाख १३ देखि छलफल सुरु भयो। सोही दिनदेखि नै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुलाई पोखराको ‘कुटी रिसोर्ट‘मा राखियो। उनीहरुले ‘एकै ठाउँमा बसेर छलफल गर्न सहज हुने’ बताए पनि ‘फ्लोर क्रस’ नहुने सुनिश्चितताको लागि सांसद्हरुलाई खुसी बनाउन त्यसरी राखिएको आकलन गर्न सकिन्छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्